Kathmandu Press

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ७९ जना पक्राउ     

काठमाडौं, कात्तिक २१ : प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिकाबाट जुवातास खेलिरहेको अवस्थाबाट १६ जनालाई पक्राउ गरेको छ। प्रहरीले पुरानो नैकाप बस्ने ४१ वर्षीय शंकर...
जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ७९ जना पक्राउ     

काठमाडौं, कात्तिक २१ : प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिकाबाट जुवातास खेलिरहेको अवस्थाबाट १६ जनालाई पक्राउ गरेको छ। प्रहरीले पुरानो नैकाप बस्ने ४१ वर्षीय शंकर थापाको घरमा तास खेलिरहेको अवस्थामा स्थानीय ५२ वर्षीय पुष्कर थापासहित १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

उक्त घरमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ४३ हजार ३ सय ५ रुपैयाँ, जुवातास खेल्न  प्रयोग भएको गलैचा १ थान र ६ सय ३४ पत्ती ताससहित पक्राउ गरेको हो। 

Hardik ivf

भक्तपुर, चाँगुनारायण नगरपालिका ८ सुडाल पुरीगाउँ बस्ने ५२ वर्षीय मणिराम पुरीको घरमा तास खेलिरहेको अवस्थामा पुरीलगायत १५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १२ लाख ४३ हजार ७ सय ८० रुपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।

त्यस्तै, बाँकेको नेपालगंज उपमहानगरपालिका १३ बाबुगाउँबाट जुवातास खेलिरहेको अवस्थामा ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ। नगद ४ लाख ६६ हजार ७७ रुपैयाँ र १० गड्डी ताससहित शनिबार बिहान प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

उक्त स्थानमा केही मानिसहरु जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १८:२५ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्