अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं, कात्तिक २१ : प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।प्रहरीले डाइजेपाम ४० एम्पुल, लेजेसिक ४० एम्पुल,...
काठमाडौं, कात्तिक २१ : प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले डाइजेपाम ४० एम्पुल, लेजेसिक ४० एम्पुल, फेनारगन ४० एम्पुल, नाईट्राभेट ३ सय ७० ट्याब्लेट र स्पास्मो प्रक्सिभन ४ सय १८ क्याप्सूल सहित सप्तरी राजबिराजका २७ वर्षीय सूर्य प्रताप सिंहलाई प्रहरीले पक्राउ गरेको हो।
शनिबार बिहान प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ८७६४ नम्बरको बसलाई नागढुङगास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई पक्राउ गरेको हो।
त्यस्तै, कञ्चनपुर बेलौरी नगरपालिका ४ बेलौरी बजारबाट करिब २ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र २ ग्राम अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही नगरपालिका ६ का २० वर्षीय अकास बोहरा र २१ वर्षीय राकेश बोहरा रहेका छन्। ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
