Kathmandu Press

दीक्षितको निधनबाट राष्ट्रपति र प्रधानमन्त्री मर्माहत

काठमाडाैं, साउन ३० : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनप्रति दु:ख व्यक्त गरेक....

दीक्षितको निधनबाट राष्ट्रपति र प्रधानमन्त्री मर्माहत

काठमाडाैं, साउन ३० : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनप्रति दु:ख व्यक्त गरेका छन्। 

बिहीबार शोकसन्देश जारी गरी राष्ट्रपति भण्डारीले दीक्षितको निधनले नेपाली वाङ्मयमा अपूरणीय क्षति पुगेको उल्लेख गरेकी छिन्। उनले दीक्षितको योगदानको स्मरणसहित श्रद्धाञ्जलि अर्पण गर्दै शोकसंतप्त परिवारमा समवेदना व्यक्त गरेकी छिन्।
 
यसैबीच प्रधानमन्त्री ओलीले दीक्षितको निधनबाट आफू मर्माहत भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै प्राच्य साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उनको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्।

९७ वर्षीय दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। 

प्रकाशित मिति: १५:०३ बजे, बिहीबार, साउन ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्