ताप्लेजुङमा गाउँपालिकाको एम्बुलेस दुर्घटना, एकको मृत्यु
मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको मे१झ ३१७० नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा एक महिलाकोे मृत्यु भएको छ ।
ताप्लेजुङ, कात्तिक २१ : मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको मे१झ ३१७० नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा एक महिलाकोे मृत्यु भएको छ ।
शनिबार राति मैवाखोलाको मिल्केडाँडामा एम्बुलेन्स दुर्घटनामा परेको थियो । त्यसमा सवार मैवाखोला–२ की हेमकला थोप्राको मृत्यु भएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्समा चालकसहित सातजना सवार थिए । अरु ६ जना सामान्य घाइते भएका छन् ।
मैवाखोला गाउँपालिका केन्द्र साँघुबाट बिरामी वीरबहादुर लिम्बूलाई लिएर धरान जाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको हो ।
प्रकाशित मिति: १४:५५ बजे, आइतबार, कात्तिक २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
