Kathmandu Press

चार लाख ४३ हजार नगदसहित जुवा खेलिरहेका १६ जना पक्राउ

प्रहरीले चार लाख ४३ हजार ५०३ रुपैयाँसहित १६ जनालाई पक्राउ गरेको छ ।
चार लाख ४३ हजार नगदसहित जुवा खेलिरहेका १६ जना पक्राउ

काठमाडौं, कात्तिक २१ : प्रहरीले चार लाख ४३ हजार ५०३ रुपैयाँसहित १६ जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त थानकोट र प्रभाग बलम्बुको प्रहरी टोलीले चन्द्रागिरि–१४ पुरानो नैकापस्थित शंकर थापाको घरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

Hardik ivf

पक्राउ पर्नेमा चन्द्रागिरिका ५२ वर्षीय पुष्कर थापा, ४६ वर्षीय पूर्णबहादुर बस्नेत, ४१ वर्षीय सुदर्शन बिडारी, ४६ वर्षीय लव कार्की, ४४ वर्षीय सुदामा केसी, ३१ वर्षीय विजय बुढाथोकी, ५० वर्षीय रवीन्द्र थापा, ४३ वर्षीय राजन खत्री, ३६ वर्षीय विश्वासजंग कार्की, ४० वर्षीय सन्जु थापा, ३८ वर्षीय नीरञ्जन शाह ठकुरी र ४४ वर्षीय अष्टमान महर्जन छन् । 

यस्तै, चन्द्रागिरिकै ४१ वर्षीय शंकर थापा, निरञ्जन केसी, ४७ वर्षीय गणेश रसाइली र ३६ वर्षीय कृष्णबहादुर मगर छन् ।

प्रहरी परिसर काठमाडौंका एसपी रमेशकुमार बस्नेतका अनुसार पक्राउ परेकासँग प्रहरीले नगद, २० बुक तास र विभिन्न रंगका क्वाइन बरामद गरेको छ ।
 

प्रकाशित मिति: १४:१७ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्