Kathmandu Press

पहिरो पीडितको पुनःस्थापनामा ढिलासुस्ती

पहिरोमा क्षतिग्रस्त बनेका संरचनाको पुनःनिर्माण नहुँदा पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेकगाउँका बासिन्दा समस्यामा छन् ।
पहिरो पीडितको पुनःस्थापनामा ढिलासुस्ती

पाँचथर, कात्तिक २१ : पहिरोमा क्षतिग्रस्त बनेका संरचनाको पुनःनिर्माण नहुँदा पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेकगाउँका बासिन्दा समस्यामा छन् ।

लेकगाउँसम्म पुग्ने सडक, विद्युत्, खानेपानीलगायत संरचनाको पुनर्निर्माण नहुँदा स्थानीयवासी समस्या परेका हुन् । पहिरोले धेरै ठाउँमा सडक अवरुद्ध छ । राँके–रवि–भेडेटार सडकको कन्याटार–कम्युटर खण्ड अवरुद्ध छ । सडक अवरुद्ध हुँदा यहाँको लेकगाउँ, खोलाखर्क, भाङटारलगायत क्षेत्रका १२६ परिवारका ६६४ जना सडकको पहुँचबाट बाहिर छन् ।

Hardik ivf

आपतकालीन अवस्था आइलागे झण्डै दुई घण्टा पैदलयात्रा गरेर पहिरोसहितको भिर छिचोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ । पहिरोले क्षतविक्षत् बनाएको विद्युत् ट्रान्समिसन लाइन सञ्चालनमा आउको सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले दीपावली अन्धकारमा बिताए ।

मिक्लाजुङ–७ भाङटारका राजन बानु राईका अनुसार मिक्लाजुङ–६ कन्याटार क्षेत्रबाट सडक खुलाउने प्रयास भइरहे पनि सफलता मिलेको छैन ।

एक दर्जन बढी परिवार प्रभावित भएका छन् । तीमध्ये तीन परिवार छिमेकीको शरणमा बसिरहेका छन् ।

१–३ कात्तिकमा भएको बेमौसमी वर्षाका कारण पहिरो जाँदा मिक्लाजुङ क्षेत्रले प्राकृतिक नाकाबन्दीको अवस्था सामना गर्नुपरिरहेको छ । उक्त गाउँपालिकामा पहिरोमा परी २२ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् ।

प्रकाशित मिति: १४:१० बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्