Kathmandu Press

जापानले पहिलो चरणमा केयरगिभर नर्स लग्ने, भाषा परीक्षा कात्तिकमा

काठमाडौं  साउन ३० : जापानले पहिलो चरणमा नेपालबाट केयरगिभर नर्स लग्ने भएको छ। यसका लागि कात्तिक दोस्रो साता भाषा परीक्षा हुने भएको छ।

श्....

जापानले पहिलो चरणमा केयरगिभर नर्स लग्ने, भाषा परीक्षा कात्तिकमा

काठमाडौं  साउन ३० : जापानले पहिलो चरणमा नेपालबाट केयरगिभर नर्स लग्ने भएको छ। यसका लागि कात्तिक दोस्रो साता भाषा परीक्षा हुने भएको छ।

श्रम तथा सामाजिक सुरक्षा मन्त्रालययका अनुसार, जापानी भाषा परीक्षा कात्तिक ११ र १२ गते हुने भएको छ। भाषा परीक्षा र सिप परीक्षण कम्प्युटरका माध्यमबाटै लिइने मन्त्रालयले जनाएको छ।

Hardik ivf

श्रम मन्त्रालय र जापानका प्राविधिकको टोलीबीच केहि समय अधि नेपाली कामदार लग्ने विषयमा समझदारी भएको थियो। त्यसमा नेपाली कामदार जापान पठाउने प्रक्रियाका विषयमा पनि छलफल भएको थियो।

जापानी प्राविधिक टोलीसँग भएको छलफलमा भाषा परीक्षा र सिप परीक्षणको मिति टुंगो लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले बताए। उनका अनुसार भाषा परीक्षामा पास भएका कामदारको सिप परीक्षण पनि कात्तिक १९ र २० गते गरिने भएको छ।

श्रम मन्त्रालय र जापानबीच भएको समझदारी अनुसार, कामदारले जापानी भाषा बोल्न र लेख्न सक्ने एन–४ तहको भाषा पास गर्नुपर्ने छ। कामदारले एकपटक जापानी भाषा परीक्षा पास गरेपछि १० वर्षसम्म मान्यता पाउनेछ।

जापानले पहिलो चरणमा भाषा परीक्षामा पास भएका केयरगिभर नर्स लग्न लागेको जनाएको छ। प्राथमिकतामा केयरगिभर नर्स राखिएको भएपनि अन्य कामदार पनि लग्ने मन्त्रालयले जनाएको छ।

जापानी भाषा परीक्षाका लागि दुई हजार पाँच सय यन शुल्क तोकिएको छ। त्यस्तै, सिप परीक्षणका लागि एक हजार र नर्सिङ केयरगिभर कामका लागि एक हजार यन शुल्क तोकिएको छ।

जापानले ५ वर्षको अवधिमा विभिन्न १४ क्षेत्रमा तीन लाख ४० हजारभन्दा बढी विदेशी कामदार लैजाने भएको छ। जसमा नर्सिङ क्षेत्रमा ६० हजारभन्दा बढी विदेशी कामदार लैजाने जनाएको छ।

प्रकाशित मिति: १३:५९ बजे, बिहीबार, साउन ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्