Kathmandu Press

बेवारिसे गाईबाच्छाका लागि देउसी भैलोबाट एक लाख ७५ हजार संकलन

कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षण गरिएका गाईबाच्छाको सहयोगका लागि एक लाख ७५ हजार रुपैयाँ सहयोग जुटेको छ ।
बेवारिसे गाईबाच्छाका लागि देउसी भैलोबाट एक लाख ७५ हजार संकलन
फाइल तस्बिर

काठमाडौं, कात्तिक २१ : कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षण गरिएका गाईबाच्छाको सहयोगका लागि एक लाख ७५ हजार रुपैयाँ सहयोग जुटेको छ ।

तिहारका अवसरमा देउसी भैलो खेली सहयोग जुटाइएको बेवारिसे गाईबाच्छा संरक्षण अभियानकर्मी ईश्वर पुडासैनीले बताए । गाईबाच्छा संरक्षणस्थलमै भएको देउसी भैलो कार्यक्रममा दुई सय जनाभन्दा बढीको सहभागिता थियो । 

Hardik ivf

गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ति नेपाल, काठमाडौं महानगरपालिका–६ का वडाध्यक्ष दीपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका–७ का वडाध्यक्ष केशव गुरुङ र गोकर्णेश्वर–८ का वडाध्यक्ष मनोज ढुंगाना, कागेश्वरी मनोहरा नगरपालिका–८ का वडाध्यक्ष श्रीप्रसाद चापागाईंलगायत स्थानीय तहका जनप्रतिनिधि पनि देउसी भैलोमा सहभागी थिए ।

विभिन्न कारणले सडकमा छोडिएका १०० भन्दा बढी गाईबाच्छालाई अभियानकर्मीले संरक्षण गर्दै आएका छन् । संरक्षणस्थलमा गाईको संख्या थपघट भइरहन्छ । २ जेठ ०७५ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी भागस्थित वागमती किनारमा गाईबाच्छा संंरक्षण गरिएको थियो ।
 
कोरोना महामारीका कारण ११ चैत ०७६ मा देशव्यापी लकडाउन गरिएका बेला सडकमा गाईबाच्छा बढ्न थालेकाले कोषले गौशाला बनाउन जग्गा उपलब्ध गराएको थियो । यहाँ २ जुठ ०७७ देखि गाईबाच्छा संरक्षण सुरु गरिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए । देउसी, भैलो, जन्मदिनलगायत दाताले दिने सहयोगबाट एक सयभन्दा बढी गाईबाच्छाको संरक्षण हुँदै आएको छ । रासस

प्रकाशित मिति: ११:४१ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्