Kathmandu Press

वागमती प्रदेशसभा बैठक सोमबार बस्दै, मुख्यमन्त्रीलाई विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा

वागमती प्रदेशसभाको बैठक सोमबार बस्ने भएको छ । नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावना छ ।
वागमती प्रदेशसभा बैठक सोमबार बस्दै, मुख्यमन्त्रीलाई विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा

काठमाडौं, कात्तिक २१ : वागमती प्रदेशसभाको बैठक सोमबार बस्ने भएको छ ।

नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावना छ ।

Hardik ivf

विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा पाण्डे भन् । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनलाई कांग्रेस, माओवादी केन्द्र र जसपाको समर्थन प्राप्त छ । प्रदेशसभा एक सय नौ सदस्यीय छ । चारदलीय गठबन्धनसँग ५९ सांसद छन् ।

स्रोतका अनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव मुख्यमन्त्री कार्यालयले प्रदेशसभामा पठाइसकेको छ ।

अहिले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका १–१ जना मन्त्री नियुक्त भएका छन् ।

प्रकाशित मिति: ११:३५ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्