Kathmandu Press

हुम्लाको स्वास्थ्यचौकीमा औषधि अभाव

हुम्लाको खार्पुनाथ गाउँपालिका–१ स्थित लाली स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ ।
हुम्लाको स्वास्थ्यचौकीमा औषधि अभाव

सिमकोट, कात्तिक २१ : हुम्लाको खार्पुनाथ गाउँपालिका–१ स्थित लाली स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ ।

सरकारले निःशुल्क वितरण गर्ने  औषधि अभाव हुँदा बिरामी समस्यामा परेका जनाइएको छ । 

Hardik ivf

मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको स्थानीय विर्जन शाहीले जानकारी दिए । उनले भने, ‘स्वास्थ्यचौकीमा उपचार तथा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भन्दै फिर्ता पठाउने गरेका छन् ।’

दैनिक स्वास्थ्यचौकीमा १५ देखि २० जनासम्म बिरामी आउँछन् । पछिल्लो समय ‘सिजनल फ्लु’का कारण सो स्वास्थ्य संस्थामा बिरामी बढेका छन् ।

प्रकाशित मिति: ११:०६ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्