Kathmandu Press

लाठीले हानेर श्रीमतीको हत्या

दाङ, कात्तिक २१ : दाङमा एक जना वृद्धले लाठी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्।गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया...
लाठीले हानेर श्रीमतीको हत्या

दाङ, कात्तिक २१ : दाङमा एक जना वृद्धले लाठी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्।

गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा हिर्काएको जनाइएको छ। सुनिताको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

उनी थापाका कान्छी श्रीमती हुन्। हत्या आरोपित थापा भने फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। (रासस)

प्रकाशित मिति: ०८:१२ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्