Kathmandu Press

झरनाको पानीमा डुबेर एक किशोरको मृत्यु

हेटौंडा, कात्तिक २१ : मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका १ मार्खुको मोहिनी झरनाबाट झरेको पानीमा डुबेर एक किशोरको मृत्यु भएको छ।मोहिनी झरनाबाट झरेको पानीमा पौडी...
झरनाको पानीमा डुबेर एक किशोरको मृत्यु
Hardik ivf

हेटौंडा, कात्तिक २१ : मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका १ मार्खुको मोहिनी झरनाबाट झरेको पानीमा डुबेर एक किशोरको मृत्यु भएको छ।

मोहिनी झरनाबाट झरेको पानीमा पौडी खेल्ने क्रममा डुबेर रसुवाको गोसाइकुण्ड गाउँपालिका १ का १७ वर्षीय तेन्जिङ दोन्डुपको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको शनिबार मृत्यु भएको हो।

उनी चार जना साथीसँगै  झरना हेर्न गएका थिए। घुमफिरपछि पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका डीएसपी जयश्वर रिमालले बताए।

प्रकाशित मिति: ०६:५२ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्