सिन्धुपाल्चोक थाङपालकोटमा कभर्डहल बनाउन देउसी
पाँचपोखरी थाङपाल-४ को थाङपालकोट ब्याडमिन्टन टिमले देउसीभैली खेलेर करिब एक लाख रुपैया संकलन गरेको छ ।
सिन्धुपाल्चोक, कात्तिक २० : पाँचपोखरी थाङपाल-४ को थाङपालकोट ब्याडमिन्टन टिमले देउसीभैली खेलेर करिब एक लाख रुपैया संकलन गरेको छ ।
ब्याडमिन्टन खेल्न सहज बनाउन कभर्ड हल निर्माणको उद्देश्यसहित देउसीभैली कार्यक्रममार्फत ९८ हजार नौ सय रुपैयाँ संकलन गरिएको स्थानीय सुन्दर सापकोटाले जानकारी दिए ।
उक्त रकममा थप गरी एक लाख पुर्याइने उनले बताए । साथै कभर्ड हल बनाउन आवश्यक रकम थप गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई आग्रह गरिने ब्याडमिन्टन टिमले बताएको छ ।
प्रकाशित मिति: १८:११ बजे, शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











