नमूना भेटेनरी अस्पताल निर्माण सुरु
दमौलीमा १० करोड लागतमा नमूना भेटेनरी अस्पताल निर्माण सुरु भएको छ ।
तनहुँ, कात्तिक २० : सदरमुकाम दमौलीमा १० करोड लागतमा नमूना भेटेनरी अस्पताल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्रांगणमा अस्पताल भवन निर्माण थालिएको हो ।
केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा भवन निर्माणका लागि करिब पाँच करोड रुपैयाँ विनियोजन भएको छ । भवनको लागत १० करोड रहे पनि यस वर्ष रु चार करोड ९० लाख ८३ हजार छ सय ७९ को काम हुनेछ । त्यसका लागि चितवनस्थित इकोबिल्डर्स प्रालिसँग सम्झौता भएको छ । सम्झौताअनुसार १८ महिनाभित्र भवन निर्माण सम्पन्न हुनेछ ।
अढाइ तलाको भवनमा त्यसमा दुई प्रयोगशाला र २३ कोठा रहनेछन् । आकस्मिक, शल्यक्रिया, एक्सरे, रेडियोलोजी, प्याथोलोजी, गाइनोकोलोजी, पोस्टमार्टम, फार्मेसी, प्रयोगशाला, रेडियोलोजिकल प्रयोगशालालगायत सुविधा हुनेछन् ।
प्रकाशित मिति: १५:५३ बजे, शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
