Kathmandu Press

अवकाशको जीवन कागती खेतीमा

तनहुँ बन्दिपुर गाउँपालिका–१ बानियाँटारका धनबहादुर रानाले सरकारी जागिरको अवकाशपछि कागती खेती सुरु गरेका छन् । ३५ वर्ष सरकारी सेवामा बिताएका रानाले उपसचिवबाट अवकाश लिएपछि कागती खेती थालेका हुन् ।
अवकाशको जीवन कागती खेतीमा

दमौली, कात्तिक २० : तनहुँ बन्दिपुर गाउँपालिका–१ बानियाँटारका धनबहादुर रानाले सरकारी जागिरको अवकाशपछि कागती खेती सुरु गरेका छन् । ३५ वर्ष सरकारी सेवामा बिताएका रानाले उपसचिवबाट अवकाश लिएपछि कागती खेती थालेका हुन् ।

उनले २१ रोपनीमा आठ सय कागतीका बिरुवा लगाएका छन् । कृषि ज्ञान केन्द्र तनहुँले बिरुवा निःशुल्क उपलब्ध गराएको हो । ज्ञान केन्द्रको प्रविधि प्रदर्शन कार्यक्रमअन्तर्गत कागती खेती सुरु गरेको रानाले बताए । ‘व्यावसायिक रूपमा कागती उत्पादन गर्ने उद्देश्य लिएर खेती सुरु गरेको हुँ,’ उनले भने ।

Hardik ivf

सुन्तलाभन्दा कागती खेती गर्न परिश्रम बढी लाग्ने उनको भनाइ छ । उनका अनुसार सुन्तलाका लागि वर्षमा एकपटक परिश्रम गरे हुन्छ तर कागतीलाई महिनाको एकचोटी विषादी हाल्नैपर्छ । कागती खेतीमा क्यांकर रोगको समस्या बढी हुने भएकाले महिनाको एकपटक विषादी हाल्नैपर्ने उनी बताउँछन् ।

कागती खेतीका लागि सुख्खा मौसममा फागुनदेखि जेठसम्म १५–१५ दिनमा अनिवार्य पानी हाल्नुपर्छ । उनले थोपा सिँचाइ प्रयोग गर्ने गरेका छन् ।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले यस ठाउँको कागती खेतीलाई तनहुँकै नमूना बनाउन लागिएको बताए ।

प्रकाशित मिति: १५:४५ बजे, शनिबार, कात्तिक २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्