Kathmandu Press

एशियन पेन्टस् उद्योगविरुद्ध मुद्दा दायर

हेटौँडा, साउन ३० : एशियन पेन्टस् उद्योगविरुद्ध जिल्ला अदालत, मकवानपुरमा मुद्दा दर्ता गरिएको छ।

नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा गुणस....

एशियन पेन्टस् उद्योगविरुद्ध मुद्दा दायर

हेटौँडा, साउन ३० : एशियन पेन्टस् उद्योगविरुद्ध जिल्ला अदालत, मकवानपुरमा मुद्दा दर्ता गरिएको छ।

नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले मुद्दा दर्ता गरेको छ। एशियन पेन्टस् उद्योग हेटौंडा औद्योगिक क्षेत्रमा रहेकाले मकवानपुरको हेटौडास्थित जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।

गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, वीरगञ्जका अनुसार,  उद्योगले नापतौल यन्त्रको खरीद गरी सञ्चालन गरेको ३५ दिनभित्र नापतौल कार्यालयबाट इजाजतपत्र लिनुपर्ने प्रावधान रहेको छ। तर, एशियन पेन्टस्ले त्यसअनुसार नगरेकाले मुद्दा दायर गरिएको कार्यालय प्रमुख शशिभुषण यादवले बताए।

नापतौल कार्यालयले दर्ता गरेको मुद्दामा एक वर्ष कैद र १० हजार जरिवाना दाबी गरिएको छ।

यस्तै सो कार्यालयले बारा, पर्सा, रौतहट र मकवानपुर जिल्लामा सञ्चालित पेट्रोलपम्पहरुमा कैफियत देखिएको जनाएको छ। कार्यालयले ति पेट्रोलपम्पमाथि कारवाही गरेको जनाएको छ। पम्पहरुले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा तौलमा ठगी गरेको पाइएको प्रमुख यादवले बताए।

प्रकाशित मिति: १२:४१ बजे, बिहीबार, साउन ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्