बैतडीमा मूल गणनाको तयारी पूरा
राष्ट्रिय जनगणना २०७८ अन्तर्गत बैतडीमा २५ कात्तिक २५ देखि ९ मंसिरसम्म मूल गणना हुने भएको छ । त्यसको तयारी पूरा भएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले बताए।
बैतडी, कात्तिक २० : राष्ट्रिय जनगणना २०७८ अन्तर्गत बैतडीमा २५ कात्तिक २५ देखि ९ मंसिरसम्म मूल गणना हुने भएको छ । त्यसको तयारी पूरा भएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले बताए।
तीन सय १५ गणकलाई तालिम दिएर २५ कात्तिकदेखि काम गर्ने गरी आवश्यक सामग्रीसहित कार्यक्षेत्रमा खटाइसकिएको र उनीहरूसँगै ८० सुपरीपेक्षक पनि सहभागी हुने भएका छन् ।
छनोट भएका ३१५ गणकमध्ये दशरथचन्द, पाटन, मेलौली र पुर्चौंडी नगरपालिकामा क्रमशः ६५, ३६, २७ र ४० जना खटिएका छन् ।
यस्तै सुर्नयामा २५, दोगडाकेदारमा २८, डिलाशैनीमा २८, सिगासमा २६ शिवनाथ तथा पञ्चेश्वर गाउँपालिकामा २१–२१ गणक खटिएका छन् । गणकले प्रश्नावलीसहित घरघरमै गएर परिवारमूलीबाट सूचना संकलन गर्ने छन् ।
३० भदौदेखि १८ असोजसम्म सञ्चालन भएको राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षक खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो । पहिलो चरणमा ४९ हजार ७६१ परिवार सूचीकृत भएका छन्।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
