१५ वर्षपछि सकियो धर्मशाला निर्माण
बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीमा निर्माण थालिएको १५ वर्षपछि बल्ल विष्णुनारायण धर्मशालाको निर्माण पूरा भएको छ ।
वीरगञ्ज, कात्तिक २० : बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीमा निर्माण थालिएको १५ वर्षपछि बल्ल विष्णुनारायण धर्मशालाको निर्माण पूरा भएको छ ।
२०६३ सालमा शिलान्यास गरिएको धर्मशाला बनाउन १५ वर्ष लाग्यो । यसका लागि ५९ लाख रुपैयाँ खर्च भएको निर्माण समितिका अध्यक्ष सुरेशप्रसाद कुर्मीले जानकारी दिए ।
गाउँपालिकाले २० लाख, प्रदेश सरकारले ३० लाख, साविकको जिल्ला विकास समितिले ६ लाख ५० हजार रुपैयाँका साथै विभिन्न व्यक्ति तथा संघसंस्थाको आर्थिक सहयोगमा धर्मशाला निर्माण गरिएकोे हो ।
७४ फिट लम्बाइ र ५६ फिट चौडाइको धर्मशालामा बैठक कक्ष र सातवटा कोठा छन् । विवाह, पाटी, व्रतबन्धलगायत सामाजिक कार्यमा यसलाई प्रयोगमा ल्याइने भएको छ ।
धर्मशालाको शौचालय भने तयार भइसकेको छैन । सेफ्टीट्यांकीको काम सम्पन्न भइसकेको छ । माथिको संरचना तयार गर्न रकम अभाव छ । धर्मशाला पछाडिको खाली जमिनमा भान्छाघर बनाउने योजना रहेको कुर्मीले बताए ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
