Kathmandu Press

लागुऔषधसहित दुई पक्राउ

भारतबाट लागुऔषध बोकी नेपाल आएका दुई युवकलाई प्रहरीले गए राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोनमा गाउँपालिका–३ का १८ वर्षीय अञ्जित यादव र २४ वर्षीय सिकिन्द्र यादव छन्।
लागुऔषधसहित दुई पक्राउ

महोत्तरी, कात्तिक २० : भारतबाट लागुऔषध बोकी नेपाल आएका दुई युवकलाई प्रहरीले गए राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोनमा गाउँपालिका–३ का १८ वर्षीय अञ्जित यादव र २४ वर्षीय सिकिन्द्र यादव छन्।

जिल्ला प्रहरीका डीएसपी प्रकाश विष्टका अनुसार गए राति १० बजे  भारत बिहारको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागुऔषध बोकेर सम्सी गाउँपालिका–६ स्थित बजारमा आएका उनीहरूलाई सम्सीस्थित प्रहरी चौकीको टोलीले जाँच गर्दा लागुऔषधसहित पक्राउ परेका हुन् ।

ती युवाका साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित एकिझप्लौन सिरप दुई बोतल, स्पास्मो प्रोक्स ट्याब्लेट १८ थान र नाइट्रोजन ट्याब्लेट नौ थान बरामद गर्नाका साथै दुई थान मोबाइल र उनीहरूले चढी आएको भारतीय नम्बर बीआर३०यु ६९५४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित मिति: १०:१० बजे, शनिबार, कात्तिक २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्