Kathmandu Press

साहित्यकार दीक्षितको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने

काठमाडौं, साउन ३० : वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन म....

साहित्यकार दीक्षितको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने

काठमाडौं, साउन ३० : वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ साहित्यकार दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रेस विज्ञप्ति जारी गरी दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने जानकारी दिएका छन्।

वरिष्ठ साहित्यकार दीक्षितको आज बिहान निधन भएको हो। उनी ९७ वर्षका थिए।

उनी २००७ सालको क्रान्तिमा समेत संलग्न रहेका थिए। नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति भएका दीक्षितले त्रिचन्द्र कलेजमा पनि प्राध्यापन गरेका थिए।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति प्रकाशित छन्। उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए।

नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ। उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो।

 

प्रकाशित मिति: १२:१४ बजे, बिहीबार, साउन ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्