प्रदेश १ को नामकरण चाँडै : मुख्यमन्त्री राई
प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणबारे संसदमा छलफल गरेर चाँडै टुंगो लगाइने बताएका छन् ।
खाँदबारी, कात्तिक १९ : प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणबारे संसदमा छलफल गरेर चाँडै टुंगो लगाइने बताएका छन् ।
संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारसँग शुक्रबार संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेश–१ को नामकरण पहिचान, बहुपहिचानका आधारमा सहमतिबाट छलफल गरी टुंगो लगाउने बताए । नामकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने मुख्यमन्त्री राईले बताए । प्रदेशको नामकरणका लागि सर्वदलीय बैठक राखेर वा दलका प्रमुखसँग छलफल गरिने उनको भनाइ थियो ।
विगतका दुई सरकारले संसदमा छलफल तथा प्रयास नगरेका कारण प्रदेशको नामकरण अहिलेसम्म हुन नसकेको उनले बताए । नामकरणका लागि तिहारपछि संसद् सुरु हुनासाथ छलफल थाल्ने मुख्यमन्त्री राईको भनाइ छ ।
प्रकाशित मिति: २२:०८ बजे, शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
