Kathmandu Press

अक्षयकोषका लागि नारी सञ्चार गृहको देउसी

नारी सञ्चारगृह झापाले नारी प्रोत्साहन अक्षयकोष वृद्धि गर्ने उद्देश्यले शुक्रबार देउसी भैली खेलेको छ ।
अक्षयकोषका लागि नारी सञ्चार गृहको देउसी

झापा, कात्तिक १९ : नारी सञ्चारगृह झापाले नारी प्रोत्साहन अक्षयकोष वृद्धि गर्ने उद्देश्यले शुक्रबार देउसी भैली खेलेको छ ।

लक्ष्मीपूजाका अवसरमा कनकाई नगरपालिकामा सामूहिक खेलिएको देउसी कार्यक्रममा एक लाख १० हजार रुपैयाँभन्दा बढी जम्मा भएको संस्थाकी अध्यक्ष भीमा शिवाकोटीले बताइन् ।

Hardik ivf

सञ्चार गृहले तीन वर्षयता नेपाली संस्कार र संस्कृतिको जर्गेना गर्दै कोष वृद्धिका लागि देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको छ । गत वर्ष कोभिड–१९ का कारण संस्थाले सामाजिक सञ्जालबाट देउसी खेलेको थियो ।

२५ लाख रुपैयाँको लक्ष्य राखेर स्थापना गरिएको अक्षयकोषमा हाल २२ लाख रुपैयाँ जम्मा भइसकेको कोषका संयोजक तथा संस्थाका उपाध्यक्ष रेजिना गौतमले बताइन् ।

प्रकाशित मिति: २२:०० बजे, शुक्रबार, कात्तिक १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्