Kathmandu Press

प्रदेश-१ मा कोरोना संक्रमण वर्षकै कम, ३ जनामा मात्र कोभिड-१९ पजिटिभ

पछिल्लो २४ घण्टामा प्रदेश–१ मा यस वर्षको सबैभन्दा कम तीनजनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश-१ मा कोरोना संक्रमण वर्षकै कम, ३ जनामा मात्र कोभिड-१९ पजिटिभ
Hardik ivf

विराटनगर, कात्तिक १९ : पछिल्लो २४ घण्टामा प्रदेश–१ मा यस वर्षको सबैभन्दा कम तीनजनामा कोरोना संक्रमण देखिएको छ ।

११ जनाको पीसीआर परीक्षण गर्दा तीनजनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणका आधारमा झापाको भद्रपुरमा दुई र मेचीनगरमा एक  जनामा संक्रमण देखिएको हो ।

प्रदेश–१ मा पछिल्लो २४ घण्टामा ३८ महिलासहित ८४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै, तीन महिलासहित चारजनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: २१:५४ बजे, शुक्रबार, कात्तिक १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्