Kathmandu Press

सातजना मृत फेला

काठमाडौं, बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित नारायणकाजी श्रेष्ठको गाई गोठमा नाम, थर, वतन  नखुलेका करिब ५४ वर्षीय पुरुष शुक्रबार मृत फेला परेका छन् ।
सातजना मृत फेला

काठमाडौं, कात्तिक १९ : काठमाडौं, बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित नारायणकाजी श्रेष्ठको गाई गोठमा नाम, थर, वतन  नखुलेका करिब ५४ वर्षीय पुरुष शुक्रबार मृत फेला परेका छन् । 

काठमाडौं महानगरपालिका–६ तिनचुली कुवाटोलनजिक सडक पेटीमा नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष शुक्रबार मृत फेला परेका छन् ।

Hardik ivf

बर्दिया, बढैयाताल गाउँपालिका–१ ठूलो डाँफे दैलेखी चोकस्थित सडकमा रहेको नालीको पानीमा सोही गाउँपालिका–७ बोकटिया बस्ने ४० वर्षीय उपेन्द्र थारु शुक्रबार मृत फेला परेका छन् ।

बाँके, राप्ती सोनारी गाउँपालिका–१ चप्परगौडीस्थित होटेल रेस्ट पोइन्टमा विगत १ वर्षदेखि काम गर्दै आएका दाङ तुल्सीपुर उपमहानगरपालिका–१५ का ४२ वर्षीय विनोद भन्ने भद्रबहादुर वली सोही होटेलको हलकोठामा सुतिरहेको अवस्थामा शुक्रबार मृत फेला परेका छन् । 

धनुषा सबैला नगरपालिका–७ मटहीस्थित बाटो छेउमा सोही नगरपालिका–३ महरा टोल बस्ने ५५ वर्षीय शियाराम महरा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

स्याङ्जा कालिगण्डकी गाउँपालिका–५ बासटारी कालिगण्डकी नदीमा नाम, थर, वतन नखुलेकी करिब ३० वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । 

विराटनगर महानगरपालिका–१६ खादम खोलाको पुल छेउमा नाम, थर, वतन नखुलेका करिब २४ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति: १७:११ बजे, शुक्रबार, कात्तिक १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्