Kathmandu Press

आठ लाखबराबरको धनमाल चोरी

चाँगुनारायण नगरपालिका–५ छालिङ वनगाउँका ३५ वर्षीय उमेश वनको घरबाट कोही नभएको अवस्थामा नगद ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना गरी करिब ७ लाख ९८ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ । 
आठ लाखबराबरको धनमाल चोरी
Hardik ivf

भक्तपुर, कात्तिक १९ : चाँगुनारायण नगरपालिका–५ छालिङ वनगाउँका ३५ वर्षीय उमेश वनको घरबाट कोही नभएको अवस्थामा नगद ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना गरी करिब ७ लाख ९८ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ । 

चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग खरिपाटीको टोलीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १७:०५ बजे, शुक्रबार, कात्तिक १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्