Kathmandu Press

दार्चुलामा सम्बन्धविच्छेद गराउने पुरुष बढे

पत्नीबाट छुट्टिएर बस्न चाहेको भन्दै दार्चुलामा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउने पुरुषको संख्या बढ्दै गएको छ ।
दार्चुलामा सम्बन्धविच्छेद गराउने पुरुष बढे

दार्चुला, कात्तिक १९ : पत्नीबाट छुट्टिएर बस्न चाहेको भन्दै दार्चुलामा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउने पुरुषको संख्या बढ्दै गएको छ ।

जिल्ला अदालतमा सम्बन्धविच्छेद गराउन भन्दै चालु आर्थिक वर्षको चार महिना नपुग्दै ६ पुरुषले सम्बन्धविच्छेदका लागि निवेदन दर्ता गराएका छन् ।

Hardik ivf

चालु आवमा गत आवको जिम्मेवारी सरिआएका सात गरी कूल १३ पुरुषले सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दायर गरेको जिल्ला अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिए । १ भदौ ०७४ देखि लागू भएको नयाँ मुलुकी देवानी (संहिता) ऐन कार्यान्वयनमा आएपछि जिल्लामा हरेक वर्ष महिलाकै संख्यामा पुरुषले पनि सम्बन्धविच्छेदका लागि मुद्दा दायर गर्न थालेका छन् ।

पछिल्लो समय जिल्लामा सम्बन्धविच्छेदका घटना निकै बढेका छन् । पतिले पत्नीको दोष देखाएर र पत्नीले पतीको दोष देखाएर अलग भएर बस्न चाहेको भन्दै सम्बन्धविच्छेद गराउन चाहनेको संख्या बढ्दै गएको अदालतको तथ्यांकले देखाउँछ । गत वर्ष ३० सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । मुद्दा दर्ता गराउनेमा १८ महिला थिए । गत वर्ष दर्ता भएका सात मुद्दाको मात्र फैसला भएको ज्ञवालीले बताउनुभयो । चालु आवमा हालसम्म एउटा मुद्दाको फैसला भएको छ । आव ०७५–७६ मा ४३ सम्बन्धविच्छेदका मुद्दा दायर भएकामा १५ पुरुषले आफू पीडित भएको भन्दै मुद्दा दायर गरेका थिए । 

आफूलाई बेवास्ता गरेको, खान लगाउन नदिएको, अनावश्यक शंका गरेकोजस्ता कारण देखाएर पत्नीले पतिसँग सम्बन्धविच्छेद गराउन चाहेको भन्दै मुद्दा दर्ता गर्न थालेका श्रेस्तेदार ज्ञवालीले बताए । पुरुषले पनि विभिन्न कारण देखाएर पत्नीसँग छुट्टिन चाहेको भन्दै अदालत धाउने गरेका छन् । बढ्दो सामाजिक सञ्जालको प्रयोग, श्रीमान् विदेशमा हुनु, पारिवारिक कलह, शंकाउपशंका, सानै उमेरमा विवाह गर्ने, गाउँ छाडेर बजारमा डेरा गरी बस्नेलगायत कारण पति–पत्नीबीच कलह बढ्ने गरेको पाइएको छ । महिलाको तुलनामा पुरुषले सम्बन्धविच्छेदका लागि बढी मुद्दा दिने गरेको तथ्यांक छ । ‘छोरा नभएको कारण देखाएर पनि सम्बन्धविच्छेद गर्ने गरेका छन्,’ ज्ञवालीले भने । 

प्रकाशित मिति: १४:४१ बजे, शुक्रबार, कात्तिक १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्