भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा
यस वर्षको भाइटीकाको उत्तम साइत शनिबार बिहान ११ बजेर दुई मिनटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
काठमाडौं, कात्तिक १९ : यस वर्षको भाइटीकाको उत्तम साइत शनिबार बिहान ११ बजेर दुई मिनटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
शुभ साइतबाहेक दिनभरि नै टीका लगाउन सकिने समितिको भनाइ छ । समितिका अनुसार राज्य सञ्चालक तथा प्रमुखहरू शुभसाइतमा नै टीका लगाउनुपर्छ । सर्वसाधारणले भने दिउँसो टीका लगाए पनि शास्त्रसम्मत हुने समितिको भनाइ छ ।
साथै नेपालबाहिर विभिन्न देशमा बसेका नेपालीले भाइटीका लगाउँदा त्यहाँको समयअनुसार साइत निर्धारण गरिएको छ ।
प्रकाशित मिति: १४:३३ बजे, शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
