वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन
काठमाडौं, साउन ३० : वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ।
निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भ....

काठमाडौं, साउन ३० : वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ।
निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरिएको थियो। अस्पतालले डिस्चार्ज गरेपछि उनको निवास कालिकास्थान ल्याइएको थियो।
निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए। उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो।
दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति प्रकाशित छन्। उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए।
नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ।
उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो। उनका श्रीमती, तीन छोरा र एक छोरी छन्।
उनका नाति अवनी दीक्षितका अनुसार वरिष्ठ साहित्यकार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

-1784896419.png)









