बेलडाँगी शिविरका दुई छाप्रामा आगलागी
दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका दुई छाप्रामा गएराति आगलागी भएको छ ।
झापा, कात्तिक १९ : दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका दुई छाप्रामा गएराति आगलागी भएको छ ।
आगलागीबाट छाप्रा पूर्णरूपमा क्षति भएको त्यहाँस्थित शरणार्थी समन्वय एकाइ प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिए ।
उनका अनुसार शिविरका मधु चापागाईँ र अमरबहादुर मगरको घर पूर्ण रूपमा क्षति भएको छ । आगलागी इलाका प्रहरी दमकको टोली, सशस्त्र प्रहरी बेलडाँगी र स्थानीयवासीको सहयोगमा निभाइएको थियो । एकाइ प्रमुख दाहालका अनुसार लक्ष्मीपूजामा दियो बाल्ने क्रममा अमरबहादुर मगरको घरबाट आगो सल्किँदा छिमेकी चापागाईँको पनि छाप्राका भाँडावर्तन, खाद्यान पूर्ण रूपमा नष्ट भएको थियो ।
प्रकाशित मिति: १२:१० बजे, शुक्रबार, कात्तिक १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
