Kathmandu Press

जाजरकोटमा मिनि ट्रक दुर्घटना, दुई जनाको मृत्यु

जाजरकोट, कात्तिक १९ : जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।गएराति ११ बजे सुर्खेतदेखि...
जाजरकोटमा मिनि ट्रक दुर्घटना, दुई जनाको मृत्यु

जाजरकोट, कात्तिक १९ : जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

गएराति ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनि ट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको प्रहरीले जनाएको छ।

Hardik ivf

दुर्घटनामा दिलबहादुर शाही र अर्का एक जनाको मृत्यु भएको छ। उनको सनाखत हुन सकेको छैन।

त्यस्तै, दुर्घटनामा आसिका खड्का, करिश्मा रावत, दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन्। धनबहादुर गाडी चालक हुन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

प्रकाशित मिति: ०८:०८ बजे, शुक्रबार, कात्तिक १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्