Kathmandu Press

तास खेलिरहेको अवस्थामा पक्राउ

कास्की माछापुच्छ्रे गाउँपालिका–२ तातोपानीस्थित तातोपानी इन होटलमा जुवातास खेलिरहेको अवस्थामा स्याङ्जा हरिनाश गाउँपालिका–३ बस्ने २८ वर्षीय कमल भण्डारीलगायत ११ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
तास खेलिरहेको अवस्थामा पक्राउ
Hardik ivf

काठमाडौं, कात्तिक १८ : कास्की माछापुच्छ्रे गाउँपालिका–२ तातोपानीस्थित तातोपानी इन होटलमा जुवातास खेलिरहेको अवस्थामा स्याङ्जा हरिनाश गाउँपालिका–३ बस्ने २८ वर्षीय कमल भण्डारीलगायत ११ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ लाख २४ हजार ७० रुपैयाँ र ताससहित पक्राउ गरेको हो ।

मोरङ विराटनगर महानगरपालिका–११ बसपार्कस्थित न्यू ताप्लेजुङ होटलमा तास खेलिरहेको अवस्थामा सिन्धुली भीमफेदीका ३८ वर्षीय मोतिलाल श्रेष्ठलगायत ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय ‘क’ विराटनगरको टोलीले उनीहरूलाई नगद ८८ हजार ४ सय २० रुपैयाँ  र एक बुक ताससहित पक्राउ गरेको हो ।

प्रकाशित मिति: १८:४५ बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्