अवैध लागूऔषधसहित पक्राउ
काठमाडौं महानगरपालिका–१६ म्हेपीबाट ११ किलो ५ सय ग्राम अवैध लागूऔषध चरेशसहित तारकेश्वर नगरपालिका–११ जरंगु बस्ने गोरखा धार्चे गाउँपालिका–२ का २२ वर्षीय मान बहादुर गुरुङसमेत ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, कात्तिक १८ : काठमाडौं महानगरपालिका–१६ म्हेपीबाट ११ किलो ५ सय ग्राम अवैध लागूऔषध चरेशसहित तारकेश्वर नगरपालिका–११ जरंगु बस्ने गोरखा धार्चे गाउँपालिका–२ का २२ वर्षीय मान बहादुर गुरुङसमेत ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
म्हेपी मन्दिरनजिक लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरुलाई उक्त चरेशसहित पक्राउ गरेको हो ।
यस्तै, झापा मेचीनगर नगरपालिका–१० खयरडाँगीबाट २ ग्राम ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ र नगद १० हजार ८ सय ३० रुपैयाँसहित सोही ठाउँका ४१ वर्षीय रवि झालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी धुलाबारीको टोलीले उनलाई पक्राउ गरेको हो ।
रौतहट चन्द्रपुर नगरपालिका–४ टेकान टोलका ४७ वर्षीय ज्ञानबहादुर लोप्चनलाई ७५ थान नियन्त्रित लागूऔषध विनसिरेक्ससहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज र इलाका प्रहरी चपुरको टोलीले लोप्चनको घर तलासी गर्दा घरको कुना र फूलको क्यारीमा खाल्डो खनी लुकाइराखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी, कास्की पोखरा महानगरपालिका–३२ मझुवाबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित पोखरा महानगरपालिका–८ बस्ने स्याङ्जा आरुखर्कका २३ वर्षीय शिव सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बा२ख ४२४८ नम्बरको हायसलाई वडा प्रहरी कार्यालय गगनगौंडाको टोलीले जाँच गर्ने क्रममा त्यसमा सवार सुनारलाई गाँजासहित पक्राउ गरेको हो ।
यस्तै, धनकुटा नगरपालिका–९ इटहरी चोकमा को१ज ३४७६ नम्बरको जिपमा बेवारिसे अवस्थामा रहेको ६ किलो अवैध लागूऔषध गाँजा बुधबार बिहान प्रहरीले बरामद गरेको छ । छिन्ताङबाट धरान जाँदै गरेको जिपमा बेवारिसे अवस्थामा रहेको गाँजा फेला परेको हो ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
