चोरी गरेको मोटरसाइकलसहित ३ जना पक्राउ
वीरगञ्ज महानगरपालिका–१६ बाबा होटलको प्यासेजभित्र पार्किङ गरी राखिएको बीआर २२ एटी ९३२६ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई सोही महानगरपालिका–१६ भानुचोकबाट प्रहरीले पक्राउ गरेको छ ।
पर्सा, कात्तिक १८ : वीरगञ्ज महानगरपालिका–१६ बाबा होटलको प्यासेजभित्र पार्किङ गरी राखिएको बीआर २२ एटी ९३२६ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई सोही महानगरपालिका–१६ भानुचोकबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज–१५ का २२ वर्षीय कैलाश महतो, बारा कलैया उपमहानगरपालिका–४ का २२ वर्षीय विनयराज शर्मा र फेटा गाउँपालिका–३ का २० वर्षीय रविनकुमार साह छन् ।
भारत विहार भटकौल सक्रौल–९ का ६५ वर्षीय अरुणकुमार चौरसियाले १२ कात्तिकमा उक्त होटलको प्यासेजभित्र पार्किङ गरी राखेको मोटरसाइकल चोरी भएको थियो । जिल्ला प्रहरीको टोलीले चोरी भएको मोटरसाइकलमा बा८२प ६४६० नम्बरको प्लेट राखी चलाइरहेको फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू विरुद्ध चोरीसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १८:३५ बजे, बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
