Kathmandu Press

भरुवा बन्दुकसहित २ जना पक्राउ

पर्वतको महाशिला गाउँपालिका–२ भोक्सिङ बागमाराबाट १ थान भरुवा बन्दुक, सोही बन्दुकको ५ सय ग्राम छर्रा, २ सय ५० ग्राम बारुदसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
भरुवा बन्दुकसहित २ जना पक्राउ
Hardik ivf

पर्वत, कात्तिक १८ : महाशिला गाउँपालिका–२ भोक्सिङ बागमाराबाट १ थान भरुवा बन्दुक, सोही बन्दुकको ५ सय ग्राम छर्रा, २ सय ५० ग्राम बारुदसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका–१ होश्राङ्दीका ४५ वर्षीय राजबहादुर राना र ४० वर्षीय रेशम राना छन् ।

लु३९प ३८६१ नम्बरको मोटरसाइकलमा शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई इलाका प्रहरी लुंखुको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: १८:३१ बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्