पोखराको लेकसाइडमा १४औं भाइटीका महोत्सव हुने
पोखरा, कात्तिक १८ : पश्चिमाञ्चल होटल सङ्घ पोखराले तिहारका अवसरमा आगामी शनिबार १४औं भाइटिका महोत्सव– २०७८ आयोजना गर्ने भएको छ। पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित...
पोखरा, कात्तिक १८ : पश्चिमाञ्चल होटल सङ्घ पोखराले तिहारका अवसरमा आगामी शनिबार १४औं भाइटिका महोत्सव– २०७८ आयोजना गर्ने भएको छ। पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा महोत्सवको आयोजना गरिने भएको हो।
संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै कोभिड महामारीबीच पनि पर्यटन क्षेत्रमा आशा छर्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्ने तयारी भइरहेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।
कोभिड–१९ का कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले आपसी भाइचारा अभिवृद्धि गर्दै पर्यटन प्रवर्धनमा महोत्सवले सघाउ पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रम टीकाको दिन अपरान्ह् २ बजेर ३० मिनेटमा सुरु गरिने जनाएको छ। विगत दुई वर्षदेखि यस्तो महोत्सव हुन नसकेकोमा यस पटक १४औं भाइटीका महोत्सवका रूपमा विदेशी पर्यटकलाई टीका लगाउने कार्यक्रम राखिएको महोत्सवका संयोजक एवं सङ्घका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठको भनाइ छ।
महोत्सवका २० भन्दा बढी विदेशी पर्यटक सहभागी हुने अपेक्षा राखिएको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
