Kathmandu Press

मनाइयो नरक चतुर्दशी स्नान तथा दीपदान पर्व

काठमाडौं, कात्तिक १८ : प्रत्येक वर्ष कात्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघिको समयमा नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज...
मनाइयो नरक चतुर्दशी स्नान तथा दीपदान पर्व

काठमाडौं, कात्तिक १८ : प्रत्येक वर्ष कात्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघिको समयमा नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज बिहान मनाइएको छ ।

स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले गरेका छन्। यसलाई नरक स्नान गर्ने र नरक बगाउने पर्व पनि भनिन्छ। बोलीचालीको भाषामा नरके नुहाएर बगाउने नामलेसमेत यो पर्व चिनिने गरेको छ।
    
आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए। यसैकारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। आज बेलुकीपछि भने औँसी तिथि लाग्ने भएकाले धनधान्यकीदेवी लक्ष्मीको पूजा आराधना पनि साँझ गरिँदैछ।

Hardik ivf

कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चक अर्थात् तिहारको दोस्रो दिनपर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण कुकुर तिहार दोस्रो दिन बुधबार र नरक चतुर्दशी तेस्रो दिन आज परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। 

बिहान अरुणोदयकालअघि चतुर्दशी तिथि परेका दिन नरक स्नान गरी बत्ती बालेर बगाउनुपर्ने भएकाले आज बिहान यो पर्व मनाउने निर्णय गरिएको समितिले जनाएको छ।

यसवर्ष कात्तिक १६ गते मङ्गलबारदेखि यमपञ्चक अर्थात् तिहार पर्व सुरु भएको हो। दोस्रो दिन बुधबार काग र कुकुर तिहार पर्व मनाइएको थियो। यो नेपालीको बडा दसैंपछि दोस्रो ठूलो चाड हो।

प्रकाशित मिति: १६:१२ बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्