Kathmandu Press

नेपाल संवत् ११४२ को उपलक्ष्यमा मैनबत्ती र्‍याली

नेपाल संवत् ११४२ को उपलक्ष्यमा मैनबत्ती र्‍याली

काठमाडौं, कात्तिक १८ : नव वर्ष नेपाल सम्वत् ११४२ प्रारम्भ हुने खुसियालीमा बुधबार साँझ मैनबत्ती र्‍याली निकालिएको छ। 

नेपाल संवत् र यसका प्रवर्तक शङ्खधर साख्वाःसँग जोडिएको वडा १५ स्थित ऐतिहासिक स्थल लखुतीर्थबाट उक्त र्‍याली निकालिएको हो। र्‍यालीको प्रमुख अतिथि सांसद जीवनराम श्रेष्ठ थिए। 

Hardik ivf

बाह्रवटा सांस्कृतिक र भाषिक सङ्घसंस्थाहरुको संयुक्त आयोजनामा निकालिएको उक्त ¥यालीले भित्री शहरका विभिन्न भागहरुको परिक्रमा गरेको थियो। 

भोलि नव वर्ष नेपाल सम्वत् ११४२ प्रारम्भको पहिलो दिन सिन्हं स्वां खलःले काठमाडौंको वसन्तपुरबाट मोटरसाइकल ¥याली निकाल्दैछ। उक्त र्‍यालीलीले काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न भागहरुको परिक्रमा गरी शुभकामना बाँड्नेछ।

आयोजक संस्था सिन्हं स्वां खलःका अनुसार साँझ वसन्तपुरमै सामूहिक म्ह पूजा ९शरीर पूजा०को आयोजना गरिनेछ। यस पूजामा संयुक्त राज्य अमेरिका र जर्मनीका राजदूतहरु सहभागी हुने बताइएको छ। 

प्रकाशित मिति: १४:२३ बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्