Kathmandu Press

जनसहयोगबाट बन्ने भयो लोकतन्त्रवादी योद्धा मनकुमारको पक्की घर

झापा, कात्तिक १८ : झापा विद्रोहमा १७ वर्ष जेलजीवन बिताएका लोकतन्त्रवादी योद्धा मनकुमार तामाङको घर जनसहयोगबाट निर्माण गरिने भएको छ।अर्जुनधारा नगरपालिका–१ खुदुनाबारी निवासी ७२...
जनसहयोगबाट बन्ने भयो लोकतन्त्रवादी योद्धा मनकुमारको पक्की घर

झापा, कात्तिक १८ : झापा विद्रोहमा १७ वर्ष जेलजीवन बिताएका लोकतन्त्रवादी योद्धा मनकुमार तामाङको घर जनसहयोगबाट निर्माण गरिने भएको छ।

अर्जुनधारा नगरपालिका–१ खुदुनाबारी निवासी ७२ वर्षीय तामाङ काठको जीर्ण घरमा बिरामी पत्नी फुलमायाको हेरचाह गर्दै बस्दै आएका छन्।

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जयन्तीका अवसरमा उनको घरको शिलान्याश गरिएको छ। जनसहयोग सङ्कलन गरेर रु. १२ लाखको लागतमा आधारभूत सुविधाजनक पक्की घर तीन महिनाभित्र निर्माण गरिने भवन निर्माण समितिका संयोजक तथा पत्रकार कुमार भट्टराईले बताए।

Hardik ivf

उनले अब बन्ने घर एक तलाको हुने र त्यसमा दुई वटा सुत्ने कोठा, एउटा बैठक कोठा र एउटा भान्सा कोठा हुने गरी घरको नक्शा तयार पारिएकोे जानकारी दिए। कम्युनिस्ट योद्धा तामाङ एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीका राजनीतिक सहयोद्धा र जेलका सहयात्री हुन्। 

लामो जेलनेल भोगेका राजनीतिक योद्धाका रुपमा राज्यका तर्फबाट पाएको रु. ७५ हजारमा झापा र इलामको सीमास्थित जङ्गल छेउमा दुई दशकअघि पाँच कठ्ठा ऐलानी जग्गा खरिद गरेर उनी काठको घरमा जसोतसो बस्दै आएको थिए।

मुलुकको राजनीतिक परिवर्तनमा योगदान पुर्‍याएका व्यक्ति भएकाले तामाङप्रति उच्च सम्मान दर्साउन घर निर्माण अभियान सञ्चालन गरिएको निर्माण समितिका सहसंयोजक एवं पत्रकार दिपीन राईले बताए। घर निर्माण अभियान पत्रकारले नै सञ्चालन गरेका छन्। सात सदस्यीय समितिमा कोषाध्यक्षमा पत्रकार मनीषा चम्लागाईं छिन्।

अहिले तामाङको परिवार बस्दै आएको घर बर्खामा पानी चुहिने गरेको छ। पानी खान पुरानो ट्युबवेल प्रयोग गर्दै आएका छन्। उनीहरुले प्रयोग गर्ने शौचालयको छानो र भित्ता भत्किएर ह्वाङ्गै भएको छ।

झापा विद्रोहको जगमा उभिएका र उक्त आन्दोलनलाई आदर्श मान्ने राजनीतिक दल सत्तामा पटकपटक पुग्दा र सहयोद्धा नै मुलुकको कार्यकारी प्रमुखको पदमा पुग्दासमेत तामाङको जीर्ण घरले काचुली फेर्न पाएको थिएन ।

घर निर्माणमा कुनै राजनीतिक उद्देश्य नरहेको र सबै पक्षको सहयोग जुटाएर निर्माण सम्पन्न गरिने लक्ष्य भएको निर्माण समितिका संयोजक भट्टराईको भनाइ छ।

राजनीतिक आस्थाको आधारमा समितिका संयोजक भट्टराई नेपाली कांग्रेसनिकट छन्। घर शिलान्यास कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरि राना, एमाले अर्जुनधाराका अध्यक्ष बलदेव गोम्देन, माओवादी केन्द्रका नगर इन्चार्ज नाराद तामाङलगायतले मन्तव्य व्यक्त गर्दै मुलुकमा गणतन्त्र र लोकतन्त्र ल्याउन बलिदान गर्न तयार भएर संघर्षमा होमिएको जिउँदा सहिद तामाङको घर निर्माणमा पूर्ण सहयोग रहने बताए।

घर निर्माण सुरु भएकोमा खुशी व्यक्त गर्दै इञ्चार्ज तामाङले पत्नी फुलमाया तामाङ मुटुको बिरामी भएको र उपचारका लागि अस्पतालमा पुर्‍याउन नसकेको बताए। उनले हाल बाँसको चोया काटेर डोको, नाङ्लो, भकारीलगायतका सामान बुनेर बजारमा बेच्दै परिवारको जीविका चलाउँदै आएका छन्।

प्रकाशित मिति: १२:५६ बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्