मुख्यमन्त्री राईद्वारा शुभकामना
मोरङ, कात्तिक १८ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले दीपावली, छठ तथा नेपाल संवत् ११४२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली...
मोरङ, कात्तिक १८ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले दीपावली, छठ तथा नेपाल संवत् ११४२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
आज जारी सन्देशमा नेपाल विविध भाषा धर्म, संस्कृति र संस्कारले भरिएको चाडपर्वको धनी मुलुक भएकाले यस्ता पर्वमा आआफ्नै मौलिकतालाई कायम राखेर तिनको जगेर्ना गर्न आजको आवश्यकता भएको उनले उल्लेख गरे।
मुख्यमन्त्री राईले पर्वहरु मनाउने क्रममा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई कम गर्दै भेटघाट, समाज जोड्ने पुलका रुपमा सबैले आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिए।
प्रकाशित मिति: १२:५१ बजे, बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
