Kathmandu Press

कर्णालीमा सडक सञ्जाललाई पहिलो प्राथमिकता : मुख्यमन्त्री शाही

कर्णाली, कात्तिक १८ : कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्ने कार्यलाई पहिलो प्राथमिकता दिइने जानकारी दिएका...
कर्णालीमा सडक सञ्जाललाई पहिलो प्राथमिकता : मुख्यमन्त्री शाही

कर्णाली, कात्तिक १८ : कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्ने कार्यलाई पहिलो प्राथमिकता दिइने जानकारी दिएका छन्।

उनले मन्त्रिपरिषद् विस्तारपछि बस्ने पहिलो बैठकमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका हुम्लालगायत १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्न पहल गरिने बताएका हुन्।

Hardik ivf

पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले गरेका कामको आधारलाई समेत समेटेर यहाँका बासिन्दाको अधुरा सपना पूरा गर्न नवनियुक्त मुख्यमन्त्री शाहीले प्रतिबद्धता पनि जनाए।

उनले भने, ‘पूर्वमुख्यमन्त्री शाही अहिले काठमाडौं जानुभएको छ। उहाँ काठमाडौँबाट फर्केलगत्तै तिहारपछि नेकपा (एकीकृत समाजवादी) सँगको समन्वयमा मन्त्रिपरिषद् विस्तार हुनेछ।’ 

मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित नेपाली कांग्रेसबाट एक, माओवादी केन्द्रबाट चार र एकीकृत समाजवादीबाट दुई मन्त्री बन्ने चर्चा छ।

प्रकाशित मिति: १२:११ बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्