व्यापार घाटा अन्त्य गर्न भारतीय लगानी अनिवार्य : डा. महत
काठमाडौं, साउन २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपाल र भारतबीच अबको सम्बन्ध आर्....

काठमाडौं, साउन २९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपाल र भारतबीच अबको सम्बन्ध आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा बताएका छन्।
काठमाडौंमा बुधबार आयोजित ‘नेपाल–भारत सम्बन्धको भविष्य र सम्भावना’ विषयक कार्यक्रममा पूर्वअर्थमन्त्री डा. महतले नेपाली जनता विश्वकै द्रूत आर्थिक वृद्धि हासिल गरिरहेको भारतबाट लाभ लिने आशामा रहेको बताएका हुन्।
उनले भारतीय लगानी बढीभन्दा बढी भित्रिएर रोजगारको अवसर सृजना गर्नुपर्नेमा जोड दिए। महतले भारतको आर्थिक वृद्धि सात प्रतिशतको हाराहारीमा भएको अवस्थामा नेपालले भोगिरहेको व्यापार घाटा गम्भीर चुनौती रहेको बताए। व्यापार घाटा घटाउन भारतीय लगानी भित्रिएर उद्योगधन्दा खोलिनुपर्नेमा जोड दिए। नेपालको कच्चा पदार्थ नेपालमै सदुपयोग गर्ने गरी भारतीय लगानी भित्राउन सक्नुपर्ने उनको भनाइ छ।
सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने भन्दै उनले लगानीका क्षेत्रहरुलाई अझ स्पष्ट पार्नुपर्ने बताए। सन् १९९६ को वाणिज्य सन्धिले नेपालले उत्पादन निर्यातको वातावरण पाएको बताए। भारतीय पर्यटक बढीभन्दा बढी भित्राउनेदेखि लगानी वृद्धि गर्नसके नेपालको आर्थिक विकासले गति लिने उनको भनाइ छ।

-1784896419.png)









