Kathmandu Press

नेपाल र भारतबीच थाती रहेका सम्झौता खारेज गर्नुपर्छः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं,  साउन २९ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीच थाती रहेका सम्झौता खारेज गरी नयाँ शिराबाट बढ्नुपर्ने बताएका छन्।

....

काठमाडौंमा बुधबार आयोजित ‘नेपाल–भारत सम्बन्धको भविष्य र सम्भावना’ विषयक अन्तर्क्रि यामा  मन्त्री ज्ञवालीले सम्झौता भएको दशकौंसम्म कार्यान्वयनमा जान नसकेका सम्झौता खारेज गर्नुमा दुबै  देशको हित रहेको बताएका हुन्। 

‘दशकौं हुँदा पनि केही सम्झौताहरु कार्यान्वयनमा जानुको साटो उल्टो तनावको विषय बन्न गइरहेका छन्,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने,‘अब त्यस्ता सम्झौतालाई कि कार्यान्वयन गरौं कि पन्छाऔं।’ पञ्चेश्वर परियोजना, कर्णाली जलविद्युत आयोजनालगायतका सम्झौतातर्फ संकेत गर्दै उनले कार्यान्वयन या खारेजीको विकल्प रोजेर बढ्नुमा दुबै देशको हित हुने बताए। 

परराष्ट्रमन्त्री ज्ञवालीले भारतले नेपालका लागि उदारभाव देखाउनुपर्ने बताए। भारतबाट लगानीको अपेक्षा गरिएको र त्यसले भारतको पनि हित गर्ने उनको भनाइ छ।

प्रकाशित मिति: १७:०५ बजे, बुधबार, साउन २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्