Kathmandu Press

राखेपमा सदस्य सचिव नियुक्तिका लागि ३ सदस्यीय समिति गठन

काठमाडौं, कात्तिक १७ : युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ ।बुधबार...
राखेपमा सदस्य सचिव नियुक्तिका लागि ३ सदस्यीय समिति गठन

काठमाडौं, कात्तिक १७ : युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रीस्तरीय बैठकले मन्त्रालयका निमित्त सचिव डा. कमल प्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरेको हो ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा ३ बमोजिम पोखरेलको संयोजकत्वमा डा. कमला ज्ञवाली (वाणगंगा १, पिपरा कपिलवस्तु) र हरिबहादुर श्रेष्ठ (काठमाडौं नगरपालिका १३, ताहचल) सदस्य रहने गरी समिति गठन गरीएको हो ।

यसअघि मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले अर्को व्यवस्था नहुँदासम्मका लागि मन्त्रालयका सहसचिव विष्णु राज ढकाललाई राखेपको निमित्त सदस्य सचिवको जिम्मेवारी तोकेको थियो । 

प्रकाशित मिति: १९:३६ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्