चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ
काठमाडौं, कात्तिक १७ : वीरगञ्ज नगरपालिका १६ बाट प्रहरीले चोरीका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय २२ वर्षीय कैलास महतो,...
काठमाडौं, कात्तिक १७ : वीरगञ्ज नगरपालिका १६ बाट प्रहरीले चोरीका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय २२ वर्षीय कैलास महतो, २२ वर्षीय बिनयराज शर्मा र २० वर्षीय रविन कुमार साह रहेका छन्।
उनीहरुले भारत विहारका ६५ वर्षीय अरुण कुमार चौरसियाको नाममा रहेको रोयल इन्फाइन्ड मोटरसाइकल चोरी गरेका थिए। स्थानीय बाबा होटलमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी भएको सुचनाको आधारमा खटिएको प्रहरीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो।
प्रकाशित मिति: १८:३२ बजे, बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
