Kathmandu Press

अनुसन्धानका सारथि कुकुरको पूजा

गण्डकी, कात्तिक १७ : यमपञ्चकको दोस्रो दिन आज अनुसन्धानको सारथी कुकुरको पूजा गरिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका ‘केनाइन’ शाखामा रहेका कुकुरलाई पूजासहित...
अनुसन्धानका सारथि कुकुरको पूजा

गण्डकी, कात्तिक १७ : यमपञ्चकको दोस्रो दिन आज अनुसन्धानको सारथी कुकुरको पूजा गरिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका ‘केनाइन’ शाखामा रहेका कुकुरलाई पूजासहित मीठा परिकार खुवाइएको हो।  

प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख नायब महानिरीक्षक दिवेश लोहनीसहितको उपस्थिति रहेको पूजा कार्यक्रममा अनुसन्धानमा प्रयोग हुने कुकुरको पूजा गरिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विश्वकर्माले जानकारी दिए।

कुकुर कुशल आज्ञापालक एवं रक्षकका साथै अपराधमा संलग्न व्यक्तिको पहिचान गर्ने र अध्ययन अनुसन्धानमा अहम् भूमिका निर्वाह गर्ने जनावर भएको कुकुर शाखा इञ्चार्ज प्रहरी नायब निरीक्षक विक्रमकुमार थापाले बताए। 

प्रकाशित मिति: १८:०४ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्