‘कानुनको परिधिमा रही जनचाहनाबमोजिम प्रहरी सेवा दिनुहाेस्’
भोजपुर, कात्तिक १७ : प्रहरी चौकी प्याउली भोजपुरको नवनिर्मित कार्यालय भवन १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बिसीले बुधबार आयोजित...
भोजपुर, कात्तिक १७ : प्रहरी चौकी प्याउली भोजपुरको नवनिर्मित कार्यालय भवन १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बिसीले बुधबार आयोजित कार्यक्रमबीच उद्घाटन गरे। साथै उनले भवन निर्माण कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विभिन्न व्यक्तिलाई प्रशंसापत्र प्रदान गरे।
उक्त अवसरमा प्रहरी नायब महानिरीक्षक बिसीले प्रहरी कर्मचारीले कानुनको परिधिमा रही जनचाहनाबमोजिम प्रहरी सेवा प्रदान गर्नुपर्ने बताए। नयाँ भवनबाट प्राप्त हुने थप हौसलासँगै थप जनमैत्री सेवा प्रवाह हुने विश्वास उनले व्यक्त गरे।
१ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित १ करोड ४९ लाख १९ हजार ३ सय ८५ रुपैयाँको लागतमा ८ कोठा भएको २ तले उक्त चौकीको निर्माण कार्य सम्पन्न भएको हो।
प्रकाशित मिति: १७:५५ बजे, बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
