Kathmandu Press

कागजको गणतन्त्रले समाधान दिँदैन : ज्ञवाली

भक्तपुर, कात्तिक १७ : एमाले सचिव प्रदीप ज्ञवालीले जनताले परिवर्तनको महसुस गर्न नसक्ने कागजको गणतन्त्र, लोकतन्त्र र संविधानले समाधान दिन नसक्ने बताएका छन्।एमालेको चाँगुनारायण–८ वडा...
कागजको गणतन्त्रले समाधान दिँदैन : ज्ञवाली

भक्तपुर, कात्तिक १७ : एमाले सचिव प्रदीप ज्ञवालीले जनताले परिवर्तनको महसुस गर्न नसक्ने कागजको गणतन्त्र, लोकतन्त्र र संविधानले समाधान दिन नसक्ने बताएका छन्।

एमालेको चाँगुनारायण–८ वडा कमिटीले सुडालमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले वर्तमान अवस्थामा कागजले समाधान दिन नसक्ने बताए।

Hardik ivf

उनले भने, ‘अघिल्लो सरकारले जनतालाई परिवर्तनको अनुभूति दिन खोजेको थियो तर काम गर्न दिइएन।’

सचिव ज्ञवालीले एमालेप्रति जनताको विश्वास सरकार बाहिर रहँदा बढ्दै गएको दाबी गरे। ज्ञवालीले भने, ‘यतिखेर एमाले प्रतिपक्षमा छ, गतिशील छ भन्ने आत्माविश्वासले प्रतिपक्षमा सत्तापक्ष पार्टीबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको छ, ‘यो आम जनताको विश्वासले हो।’ 

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्र, वाग्मती प्रदेश कमिटीका सदस्य नवराज गेलाल, वाग्मती प्रदेशसभा सदस्य सरस्वती वाटी, जिल्ला कमिटीका राजु सुवेदी, नगर कमिटीका अध्यक्ष राम तिमल्सिना, वडा कमिटीका अध्यक्ष राजेश खड्कालगायतले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने दाबी गरे।

प्रकाशित मिति: १७:५१ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्