आगलागीबाट लाखाैंकाे धनमाल जलेर नष्ट
काठमाडौं, कात्तिक १७ : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ याक्से बस्ने काशिनाथ घिमिरे बिकको घरमा आरनबाट मंगलबार राति आगलागी हुँदा घर तथा घरभित्र रहेका सम्पूर्ण...
काठमाडौं, कात्तिक १७ : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ याक्से बस्ने काशिनाथ घिमिरे बिकको घरमा आरनबाट मंगलबार राति आगलागी हुँदा घर तथा घरभित्र रहेका सम्पूर्ण सामान जलेर करिब ३० लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ।
झापाको कन्काई नगरपालिका–२ सिमसार चोकस्थित कृष्ण गिरीको घरमा सैलुन संचालन गरी बस्ने शिवसताक्षी नगरपालिका–५ बस्ने गणेश ठाकुरको कोठामा बिजुलीको तार सर्ट भई बुधबार बिहान आगलागी हुँदा सैलुनको सबै सामान जलेर करिब ४ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ।
स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १७:४५ बजे, बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
