विभिन्न स्थानमा तीनजना मृत फेला
काठमाडौं, कात्तिक १७ : बागलुङ, काठमाडौं र मोरङमा एकएकजना मृत भेटिएका छन्। बागलुङको बडिगाड गाउँपालिका–९ बस्ने २८ वर्षीय शंकर परियार सोही नगरपालिका–६ स्थित बडीगाड खोलाको...
काठमाडौं, कात्तिक १७ : बागलुङ, काठमाडौं र मोरङमा एकएकजना मृत भेटिएका छन्।
बागलुङको बडिगाड गाउँपालिका–९ बस्ने २८ वर्षीय शंकर परियार सोही नगरपालिका–६ स्थित बडीगाड खोलाको किनारामा बुधबार मृत अवस्थामा फेला परेका छन्।
कात्तिक ९ गते पूर्णिमा मेला बुर्तीबाङ हेरी घर फर्कने क्रममा ढोरपाटन–२ सिमलचौर देखी मालरानी जाने गोरेटो बाटोको भिरबाट खसेर बडिगाड खोलामा परी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त खोलाको किनारामा उनको शव फेला पारेको हो।
काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा नाखनटोल बस्ने ४९ वर्षीय लक्ष्मण नगरकोटी बुधबार मृत अवस्थामा फेला परेका छन्। सोही ठाउँस्थित धान उठाउन गएकोमा राति घर नआएपछि खोजी गर्ने क्रममा सोही ठाउँमा उनको शव फेला परेको हो।
मोरङको रतुवामाई नगरपालिका–९ तिलबारीस्थित टालीभट्टाबाट सुगाचोक जाने भित्री बाटोमा सोही ठाउँ बस्ने ४६ वर्षीया मरामहिम हस्दा बुधबार मृत अवस्थामा फेला परकी छन्।
सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
