ट्याक्टर तथा मिनी ट्रकको ठक्करबाट मृत्यु
काठमाडौं, कात्तिक १७ : सिरहाको गोलबजार नगरपालिका–८ स्थित सडकमा स।१ त ४९५ नम्बरको ट्याक्टरको ठक्करबाट सोही नगरपालिका–४ बस्ने नसिब लाल सदाको छोरा ११ वर्षीय...
काठमाडौं, कात्तिक १७ : सिरहाको गोलबजार नगरपालिका–८ स्थित सडकमा स।१ त ४९५ नम्बरको ट्याक्टरको ठक्करबाट सोही नगरपालिका–४ बस्ने नसिब लाल सदाको छोरा ११ वर्षीय निसान्त सदाको बुधबार बिहान मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङको रंगेली नगरपालिका–८ दर्बेशा चोकस्थित सडकमा मे१ख २२९१ नम्बरको मिनि ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २८ वर्षीय शनि राजबंशीको बुधबार बिहान मृत्यु भएको छ।
मिनीट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि रंगेली अस्पतालतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो। मिनी ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: १७:१६ बजे, बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
